NM Khabar 29 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

विद्युत महसुल घटाउने तयारी: प्राधिकरणले गठन गर्‍यो विशेष समिति

नेपाल विद्युत प्राधिकरणले विद्युत् महसुल घटाउने तयारी गरेको छ। महसुल पुनरावलोकनका लागि सञ्चालक समिति सदस्य अंशु किरण शाहीको संयोजकत्वमा विशेष समिति गठन गरिएको छ। यो कदमले उपभोक्ता र उद्योग क्षेत्रलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
Sunita Rai
Sunita Rai
29 July 2026, 7:33 pm १ मिनेट पढाइ
आकार:
विद्युत महसुल पुनरावलोकन
Share:

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत् महसुल घटाउने तयारी थालेको छ। ग्राहस्थ उपभोक्तालाई थप सहुलियत र उत्पादनमूलक उद्योगलाई प्रतिस्पर्धी दरमा विद्युत् उपलब्ध गराउने उद्देश्य छ। यसका लागि प्राधिकरण सञ्चालक समितिले महसुल पुनरावलोकन प्रक्रिया अघि बढाएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले महसुल पुनरावलोकनका लागि विशेष समिति गठन गर्ने निर्णय गर्‍यो। उत्पादित विद्युत्को अधिकतम उपयोग, खपत वृद्धि र उपभोक्तामैत्री महसुल संरचना निर्माण लक्ष्य छ।

समितिले १५ दिनभित्र हाल कायम रहेको महसुल दरको पुनरावलोकन गरी नयाँ संरचना सिफारिससहितको प्रतिवेदन पेश गर्नुपर्नेछ। विद्युत् उत्पादन वृद्धि, वर्षायाममा खेर जाने अवस्था र आन्तरिक खपत विस्तारको आवश्यकताले महसुल पुनरावलोकनलाई प्राथमिकता दिइएको हो।

सञ्चालक समिति सदस्य अंशु किरण शाहीको संयोजकत्वमा गठित समितिमा ऊर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, ऊर्जा विज्ञ, उपभोक्ता प्रतिनिधि, वित्त विज्ञ सदस्य छन्। प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक सदस्य सचिव रहनेछन्।

समितिले गार्हस्थ्य उपभोक्तालाई राहत, विद्युतीय उपकरण प्रयोग प्रोत्साहन र उद्योगको उत्पादन लागत घटाउने गरी नयाँ दर संरचना प्रस्ताव गर्ने अपेक्षा छ। यसले आगामी दिनमा महसुल घट्ने सम्भावना बलियो बनाएको छ।

यसैबीच, प्राधिकरणका विगतका खरिद तथा सञ्चालन परियोजनासम्बन्धी उजुरी अध्ययन गर्न अर्को समिति पनि गठन भएको छ। सञ्चालक समितिका सदस्य केसीको संयोजकत्वमा प्राविधिक, कानुन र खरिद विज्ञ सदस्य छन्। प्राधिकरणले तोकेको उपकार्यकारी निर्देशक सदस्य सचिव रहनेछन्।

यो समितिलाई दुई महिनाभित्र खरिद प्रक्रिया तथा सञ्चालन परियोजनासम्बन्धी उजुरीहरूको अध्ययन, छानबिन र सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यादेश छ। प्राधिकरणको यो निर्णय विद्युत् खपत विस्तार, उद्योग प्रवद्र्धन र उपभोक्तालाई राहत दिने दिशामा महत्वपूर्ण कदम मानिएको छ।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार