NM Khabar 3 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

काँकडभिट्टाबाट चिया निर्यात ६३ करोड घट्यो, परिमाण पनि झर्यो

पूर्वी नाका काँकडभिट्टाबाट चिया निर्यातमा ठूलो गिरावट आएको छ। आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षको तुलनामा निर्यात परिमाण र आम्दानी दुवै घटेका छन्। यसले ६३ करोडभन्दा बढीको नोक्सानी भएको छ।
Sunita Rai
Sunita Rai
3 August 2026, 4:02 pm १ मिनेट पढाइ
आकार:
चिया निर्यात गिरावट
Share:

काँकडभिट्टा नाकाबाट भारततर्फ हुने नेपाली चिया निर्यातमा ६३ करोड ९६ लाख ८९ हजार रुपैयाँको गिरावट आएको छ। आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षको तुलनामा निर्यात परिमाण र आम्दानी दुवै घटेका छन्।

काँकडभिट्टा भन्सार कार्यालयका अनुसार आव २०८२/०८३ मा तीन अर्ब ५२ करोड ९६ लाख ६९ हजार रुपैयाँ बराबरको १३ हजार ४५ मेट्रिक टन चिया निर्यात भएको थियो। अघिल्लो आव २०८१/०८२ मा चार अर्ब १६ करोड ९३ लाख ५८ हजार रुपैयाँ बराबरको १५ हजार ३११ मेट्रिक टन निर्यात भएको थियो।

काँकडभिट्टा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक शिवलाल न्यौपानेले अलैँचीपछि चिया यस नाका हुँदै निर्यात हुने दोस्रो प्रमुख वस्तु भएको बताए।

उनका अनुसार नेपाली चियाको मुख्य बजार भारत हो। भारतीय बजारमा हुने मूल्य उतारचढाव, गुणस्तर परीक्षणका क्रममा देखिने गैरभन्सार अवरोध तथा अन्तर्राष्ट्रिय बजारको मागअनुसार उत्पादन र मूल्य निर्धारणमा आउने परिवर्तनले चिया निर्यात प्रभावित भएको छ।

नेपालमा उत्पादित सिटिसी र अर्थोडक्स चियाको ठूलो हिस्सा काँकडभिट्टा नाका प्रयोग गरी भारतीय बजारमा निर्यात हुने गरेको छ। यो निर्यात गिरावटले चिया उत्पादक किसान, उद्योगी र समग्र वैदेशिक व्यापारमा नकारात्मक असर पर्ने देखिएको छ।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार