NM Khabar 3 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

नुवाकोटका आईटी अधिकृत एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङ घुससहित पक्राउ परेका छन्। सेवाग्राहीसँग कमिसन माग्दै बार्गेनिङ गरेको उजुरीपछि अख्तियारले बालाजुबाट एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो।
Arjun Basnet
Arjun Basnet
3 August 2026, 8:32 pm १ मिनेट पढाइ
आकार:
आईटी अधिकृत घुस
Share:

नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्। आयोगले सोमबार काठमाडौं महानगरपालिका–१६, बालाजुबाट तामाङलाई रंगेहात पक्राउ गरेको हो।

सेवाग्राहीसँग भुक्तानी प्रक्रिया सम्पन्न भइसकेपछि पनि ‘कमिसन’ माग्दै बार्गेनिङ गरेको र अनावश्यक दुःख–हैरानी दिएको उजुरी परेको थियो। सोही उजुरीका आधारमा आयोगले निगरानी तथा अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा तामाङले सेवाग्राहीबाट घुसस्वरूप एक लाख रुपैयाँ लिइरहेको अवस्थामा पक्राउ परेका हुन्। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तामाङको साथबाट घुसको एक लाख रुपैयाँसँगै स्रोत खुलाउन नसकेको थप ५ हजार रुपैयाँ पनि बरामद भएको छ। आयोगले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार