NM Khabar 6 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

राष्ट्रियसभा बैठक आज बस्दै: गृहमन्त्री गुरुङले दिने मौखिक प्रश्नको जवाफ

राष्ट्रियसभाको बैठक आज दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ। गृहमन्त्री सुधन गुरुङ र मन्त्री सीता वादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिनेछन्। सांसद कमला पन्तले मनसुनजन्य विपद व्यवस्थापनबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
6 August 2026, 7:02 am १ मिनेट पढाइ
आकार:
राष्ट्रियसभा बैठक
Share:

संघीय संसदको राष्ट्रियसभा बैठक आज दिउँसो सवा १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिनेछन्। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले पनि मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ।

नेपाली कांग्रेसकी सांसद कमला पन्तले ‘मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक–२०८३’ सभा समक्ष पेस गर्नेछिन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार