NM Khabar 18 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

उच्च अदालतका मुख्य न्यायाधीश सवार गाडी दुर्घटना: ६ घाइते, एकको अवस्था गम्भीर

उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश सवार स्कारपियो गाडी मकवानपुरको भीमफेदीमा दुर्घटनामा परेको छ। दुर्घटनामा मुख्य न्यायाधीश, रजिस्ट्रार र चालकसहित ६ जना घाइते भएका छन्। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर छ।
Kamala Devi
Kamala Devi
18 August 2026, 9:02 am १ मिनेट पढाइ
आकार:
गाडी दुर्घटना
Share:

मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश सवार स्कारपियो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। एक महिलाको अवस्था गम्भीर छ।

मंगलबार बिहान करिब ७ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको बागमती प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खसेको हो। गाडीमा मुख्य न्यायाधीश, रजिस्ट्रार र चालकसहित ६ जना सवार थिए।

इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल पठाएको छ।

घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर छ। अन्य पाँच जनाको अवस्था मध्यम छ। उनीहरूलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा पठाउने तयारी भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको टोली घटनास्थलमा खटिएको छ। दुर्घटनाग्रस्त गाडी सडक छेउमै छ। सडकमा यातायात भने सुचारु छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार