NM Khabar 19 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो

• कोशी प्रदेशमा नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । • प्रदेशसभा सचिव सुदर्शन खडकालाई पत्र पठाएर कांग्रेसले विपक्षी बेन्चमा बस्ने निर्णय जानकारी गराएको छ। • कोशी प्रदेशसभामा कांग्रेसका २९ सांसद छन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
19 August 2026, 4:02 pm १ मिनेट पढाइ
आकार:
कोशी प्रदेश कांग्रेस समर्थन
Share:

विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको संसदीय दलको बैठकले यो निर्णय गरेको हो ।

कांग्रेसले विपक्षी बेन्चमा बस्ने गरी प्रदेशसभा सचिव सुदर्शन खडकालाई पत्र पठाएको छ । कोशी प्रदेशसभामा कांग्रेसका २९ सांसद रहेका छन् ।

मुख्यमन्त्री हिकमतकुमार कार्कीले विश्वासको मत लिन आग्रह गरे पनि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार