मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

जेन–जी आन्दोलनका माग सम्बोधन गर्न सरकारले विशेष कार्यदल गठन गर्ने

जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेका माग सम्बोधन गर्न सरकारले विशेष कार्यदल गठन गर्ने भएको छ। गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बसेको बैठकले कार्यान्वयनको अवस्थाबारे छलफल गरेको छ। कार्यदलले जेन–जी परिषद् घोषणा, शहीद दिवस घोषणा, शालिक निर्माण जस्ता विषयमा काम गर्नेछ।
Rohan Tamang
प्रविधि संवाददाता
१ मिनेट पढाइ
आकार:
जेन–जी आन्दोलन माग
Share:
१५९

काठमाडौं – जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन गर्न सरकारले विशेष कार्यदल मार्फत काम अघि बढाउने भएको छ ।

गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा आज बसेको छलफलमा कानुनमन्त्री सोविता गौतम, मुख्य सचिव, गृहसचिव र आन्दोलनका शहीद परिवार तथा घाइतेका प्रतिनिधि सहभागी थिए ।

गत वर्ष भदौ २३ र २४ गते भएको आन्दोलनका माग कार्यान्वयनका लागि मन्त्रिपरिषद्बाट स्वीकृत १० बुँदे सम्झौता र २४ बुँदे प्रस्तावको कार्यान्वयनबारे छलफल भएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सहजीकरण समितिलाई जेन–जीसम्बन्धी विषय कार्यान्वयन गर्ने विशेष कार्यदलको जिम्मेवारी तोक्ने निर्णय भएको छ ।

छलफलमा जेन–जी परिषद् घोषणा, शहीद दिवस घोषणा, दौलत थापालाई ‘जिउँदो शहीद’ घोषणा, २४ बुँदे प्रस्ताव संशोधन, संसद् भवन परिसरमा शालिक निर्माण र पार्क निर्माणलगायत विषयमा विचार आदानप्रदान भएको गृह मन्त्रालयले जनाएको छ ।

Rohan Tamang

Rohan Tamang

प्रविधि संवाददाता

रोहन तामाङ NM खबरका प्रविधि र युवा मामिला संवाददाता हुन्। डिजिटल रूपान्तरण, स्टार्टअप संस्कृति र युवा उद्यमशीलतासम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ। नेपालको प्रविधि क्षेत्रको वृद्धि र अवसरहरूलाई उजागर गर्न उनी प्रतिबद्ध छन्।

सम्बन्धित समाचार