NM Khabar 26 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भारतीय प्रधानमन्त्रीसँग शाहको टेलिफोन वार्ता: वाढीपीडितलाई सहयोगको आश्वासन

• प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्रीबीच बाढीपीडितका विषयमा टेलिफोन वार्ता भएको छ। • भारतले नेपालमा बाढीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै सहयोगको प्रतिबद्धता जनाएको छ। • उद्धार र राहतका लागि भारतले आवश्यक सबै मानवीय सहायता प्रदान गर्ने भएको छ।
Bikram Magar
Bikram Magar
26 August 2026, 6:19 pm १ मिनेट पढाइ
आकार:
बाढी पीडित सहायता
Share:

प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्रीबीच आज टेलिफोन वार्ता भएको छ। वार्तामा नेपालमा हालै आएको बाढीले पुर्याएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्रीले गहिरो दुःख व्यक्त गरेका छन्।

उनले यो कठिन समयमा भारत सरकार र भारतीय जनता नेपाल सरकार र नेपाली जनताको साथमा रहेको बताएका छन्। भारतले बाढीपीडितहरुको उद्धार र राहतका लागि आवश्यक सबै प्रकारको मानवीय सहायता प्रदान गर्न तत्पर रहेको पनि जनाएको छ।

भारतीय टोलीहरु उद्धार र राहत प्रयासमा नेपाली पक्षसँग नजिकको समन्वयमा काम गरिरहेको बताइएको छ।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार