भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उद्धार, खोजी र राहतका लागि सात हजार ८९४ प्रहरी परिचालन गरिएको छ। काठमाडौं राष्ट्रिय ट्रमा सेन्टरमा १७ जना घाइतेको उपचार भइरहेको छ।
प्रहरी नायव महानिरीक्षक सुदर्शन कोइरालाको कमाण्डमा रहेको विपद् प्रतिकार्य समन्वय केन्द्रले उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनको समन्वय गरिरहेको छ। प्रहरी नायव महानिरीक्षक ओमबहादुर रानाको कमाण्डमा रहेको शिक्षण अस्पताल कमाण्ड पोष्टले अस्पतालहरूसँग समन्वय गरी घाइतेको उपचार र शव व्यवस्थापनमा सहयोग गरिरहेको छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले नागरिकको जीउधनको सुरक्षा प्रहरीको दायित्व भएको बताए। उनले उपलब्ध साधनस्रोतको अधिकतम प्रयोग गरी स्थानीय तह र सुरक्षा निकायसँग समन्वयमा कार्य गरिरहेको जानकारी दिए।
काठमाण्डु, नुवाकोट र धादिङका विभिन्न स्थानमा २२ होल्डिङ सेन्टर स्थापना गरिएको छ। शव संकलन, पहिचान र व्यवस्थापनका लागि विशेष टोली खटिएको छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
रसुवामा बाढीमा परी घाइते भएका ४३ जनालाई काठमाडौं ट्रमा सेन्टरमा ल्याइएकामा २४ जना घर फर्किएका छन्। एक जनालाई वीर अस्पताल रेफर गरिएको छ। उपचारका क्रममा महेश डङ्गोलको मृत्यु भएको छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको छ।
नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका सात स्थानमा सेवा सुचारु गरेको छ। रसुवा बोर्डर साइटलगायत अपर सेन्जेन, छापथोके, जिपजिपे र गत्लाङ साइटहरु पुनः सञ्चालनमा आएका छन्। नुवाकोटको चारघरे बीटीएस साइट पनि सञ्चालनमा आएको छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
