मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

भोटेकोशी बाढी: लामिछाने र चिनियाँ राजदूतबीच सहयोगबारे छलफल

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच बुढानिलकण्ठस्थित निवासमा भेटवार्ता भएको छ। भेटमा भोटेकोशी बाढीबाट भएको क्षतिको विषयमा छलफल भएको छ। चीनले नेपाललाई विपद् उद्धार र पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
Bikram Magar
अन्तर्राष्ट्रिय संवाददाता
१ मिनेट पढाइ
आकार:
रवि लामिछाने चिनियाँ राजदूत भेट
Share:
१८९

नेपालका लागि चिनियाँ राजदूत माओमिङले भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको भेटमा राजदूत माओमिङले विपद्को घडीमा चीनले नेपाललाई जुनसुकै किसिमको सहयोग गर्न तयार रहेको बताए।

बुढानिलकण्ठस्थित लामिछाने निवासमा भएको भेटमा राजदूत माओमिङले चीन नेपालको खोज, उद्धारदेखि पुनर्निर्माणसम्म साथमा रहेको उल्लेख गरे। उनले विपद्लगत्तै उद्धारकर्मी र डिएनए विशेषज्ञसहित आवश्यक सहयोग गरिरहेको र त्यो आवश्यकता रहेसम्म जारी रहने प्रतिबद्धता जनाए।

सभापति लामिछानेले विपद्का समयमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे। उनले नेपालको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा चीनको आर्थिक तथा प्राविधिक सहयोग महत्वपूर्ण रहेको बताए। लामिछानेले विपद्पूर्वको सूचना प्रणालीलाई सुदृढीकरण गरी थप समन्वयात्मक बनाउनुपर्नेमा जोड दिए।

राजदूत माओमिङले पूर्व सूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन चीन प्रतिबद्ध रहेको बताए। उनले आवश्यकता रहेसम्म सहयोग जारी रहने आश्वासन दिए।

Bikram Magar

Bikram Magar

अन्तर्राष्ट्रिय संवाददाता

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार