मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

प्रतिनिधिसभा बैठक आज: बाढी क्षतिको विशेष प्रस्ताव र सेवा विधेयकमाथि छलफल

• प्रतिनिधिसभा बैठक आज अपराह्न १ बजे बस्दैछ। • बैठकमा भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिबारे विशेष प्रस्ताव प्रस्तुत गरिनेछ। • नेपाल विशेष सेवा ऐन, २०४२ को विधेयकमाथि पनि छलफल हुनेछ।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
प्रतिनिधिसभा बैठक कार्यसूची
Share:
१२२

सिंहदरबारमा आज अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख देवप्रसाद अर्यालले भोटेकोशी बाढीबाट भएको क्षतिको विषयमा विशेष प्रस्ताव प्रस्तुत गर्नेछन्। सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा सो उल्लेख छ।

गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखा जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। उक्त विपद्मा ज्यान गुमाएका र बेपत्ता भएका नागरिकप्रति बैठकमा शोक प्रस्ताव गरिनेछ। घरबारविहीन भएकाहरूको व्यवस्थापन र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि प्रस्तावमा समेटिनेछ।

यसैगरी, आजै दुई समितिको बैठक बस्दैछ। बिहान ९ः३० बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले रसुवा बाढीको पर्यटन क्षेत्रमा परेको प्रभावबारे छलफल गर्नेछ।

अपराह्न १२ः१५ बजे विधायन व्यवस्थापन समितिमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल हुनेछ।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार