अपर त्रिशूली-१ जलविद्युत आयोजनाको सुरुङभित्र बिहीबार केही शव तारजालीमा अड्किएको अवस्थामा फेला परेका छन्।
नेपाली सेनाका अनुसार ती शवहरू बाहिर निकाल्न निकै जटिल छ।
तारजालीमा अड्किएको शवको संख्या यकिन भइसकेको छैन।
प्रहरी स्रोतले Nmkhabarलाई पुष्टि गर्यो, “जालीभित्र भएकाले निकाल्न गाह्रो पर्ने देखिएको छ। कोसिस गरिरहेका छौं।”
