काठमाडौं उपत्यकासहित १७ जिल्लामा आज आकस्मिक बाढीको मध्यम जोखिम छ। बाढी पूर्वानुमान महाशाखाले आइतबार जारी गरेको सूचना अनुसार यी जिल्लाका स–साना नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ।
महाशाखाका अनुसार धनकुटा, उदयपुर, सिन्धुली, खोटाङ, ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर, बाँके र बर्दिया तथा आसपासका जिल्लाबाट बहने स–साना नदीमा पानीको बहाव बढ्ने पूर्वानुमान छ।
यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। केही ठूला नदीमा पनि बहाव बढ्ने अनुमान छ।
