NM Khabar 27 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

नारायणगढ–मुग्लिन सडक लगातारको वर्षा र पहिरोका कारण अनिश्चितकालका लागि बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गरी आवागमनमा रोक लगाएको हो।
Sanjay Karki
Sanjay Karki
25 September 2026, 8:02 am १ मिनेट पढाइ
आकार:
मुग्लिन-नारायणगढ सडक बन्द
Share:

नारायणगढ–मुग्लिन सडक लगातारको वर्षा र पहिरोका कारण अनिश्चितकालका लागि बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार बिहान ७:१५ बजे सूचना जारी गरी अर्को सूचना नआएसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सडकखण्डका विभिन्न स्थानमा निरन्तर पहिरो गइरहेको छ। पहिरो हटाउने काम जारी रहेकाले तत्काल सडक सञ्चालन गर्न नसकिने अवस्था छ।

सवारी आवागमन बन्द रहने भएकाले यात्रुहरूलाई सोहीअनुसार यात्रा व्यवस्थापन गर्न प्रशासनले अनुरोध गरेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार