NM Khabar 27 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले काठमाडौंको महाराजगन्जस्थित निवासबाट पक्राउ गरेको छ। अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो। जबराविरुद्ध यसअघि पनि विभिन्न गम्भीर आरोप लागेका थिए र उनी निलम्बनमा परेका थिए।
Sanjay Karki
Sanjay Karki
27 September 2026, 6:02 am १ मिनेट पढाइ
आकार:
चोलेन्द्रशमशेर जबरा पक्राउ
Share:

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई महाराजगन्जस्थित निवासबाट नियन्त्रणमा लिइएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा प्रहरीले जबरालाई नियन्त्रणमा लिएको Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो। उजुरीको विस्तृत विवरण भने खुलाइएको छैन।

तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्ध २०७८ फागुनमा संसदमा महाभियोग प्रस्ताव दर्ता भएको थियो। महाभियोग प्रस्ताव पारित नभए पनि उनी सर्वोच्च अदालत फर्किन पाएनन्। उनी निलम्बित अवस्थामै उमेर हदका कारण अवकाशमा गएका थिए।

न्यायालय नेतृत्वमा रहँदा मन्त्रिपरिषद्‍मा भागबन्डा खोजेको आरोप लागेपछि जबरा विवादमा तानिएका थिए। कानुन व्यवसायीहरूले उनीविरुद्ध लामो समय आन्दोलन चलाएका थिए।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार