त्रिशूली नदीले सिमलताल नजिक मुग्लिन–नारायणगढ सडकको आधा भाग बगाएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आइतबार बिहान ८:४५ बजे कटान सुरु भएको थियो।
सडकको आधा भाग भासिएपछि सवारी आवागमन जोखिमपूर्ण बनेको छ। हाल उक्त स्थानमा एकतर्फी रूपमा मात्र सवारीसाधन सञ्चालन भइरहेको छ। सडक डिभिजन कार्यालयले सडकको अवस्था अनुगमन गरिरहेको छ।
लगातारको वर्षाले त्रिशूली नदीमा पानीको बहाव बढेको छ। यसले गर्दा सडकखण्डमा यात्रा गर्ने यात्रुलाई सावधानी अपनाउन आग्रह गरिएको छ।
