NM Khabar 30 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्रधानन्यायाधीश र आइजिपीबीच जबरा प्रकरणमा सर्वोच्चको आपत्तिपछि भेटवार्ता

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यराति नियन्त्रणमा लिएको विषयमा सर्वोच्च अदालतको पूर्ण बैठकले आपत्ति जनाएको छ। सर्वोच्चको आपत्तिपछि प्रधानन्यायाधीश मनोजकुमार शर्मा र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच भेटवार्ता भएको छ। प्रहरीले ‘सुरक्षा थ्रेट’का कारण जबरालाई नियन्त्रणमा लिएको दाबी गरे पनि सर्वोच्चले उक्त कदमलाई स्वेच्छाचारी ठहर गरेको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
30 September 2026, 5:32 am १ मिनेट पढाइ
आकार:
जबरा प्रकरण सर्वोच्च आपत्ति
Share:

सर्वोच्च अदालतको पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यराति नियन्त्रणमा लिएको घटनामा आपत्ति जनाएको छ। यसलगत्तै प्रधानन्यायाधीश मनोजकुमार शर्मा र प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीबीच भेटवार्ता भएको छ।

महानिरीक्षक कार्की मंगलबार दिउँसो सर्वोच्च अदालत पुगेका थिए। प्रधानन्यायाधीश शर्माको कार्यकक्षमा करिब पौने घण्टा ‘वान-अन-वान’ छलफल चलेको थियो। दिउँसो करिब ४:१५ बजे सुरु भएको संवाद पौने ५ बजेसम्म चलेको थियो।

भेटवार्तामा पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण, उत्पन्न विवाद र ‘सुरक्षा थ्रेट’बारे छलफल केन्द्रित थियो। प्रहरीले ‘सुरक्षा थ्रेट’ भन्दै शनिबार राति जबरालाई निवासबाट नियन्त्रणमा लिएको थियो। प्रहरीले उनलाई करिब १० घण्टा कार्यालयमा राखेको थियो। सरकार र प्रहरी प्रशासनले जबरामाथि सुरक्षा जोखिम बढेकाले ‘रेस्क्यु’ गरिएको दाबी गरेका छन्।

सर्वोच्च अदालतले भने रातारात नियन्त्रणमा लिएर १० घण्टासम्म राखेको घटनाप्रति संस्थागत असन्तुष्टि जनाएको थियो। सोमबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले प्रहरीको कदमलाई स्वेच्छाचारी ठहर गर्दै विज्ञप्तिमार्फत विरोध जनाएको थियो।

सर्वोच्चको फुलकोर्टले आपत्तिजनक विज्ञप्ति जारी गरेपछि घटनाको वस्तुस्थिति बुझ्न र सुरक्षा संवेदनशीलतामाथि विमर्श गर्न प्रधानन्यायाधीश शर्माले महानिरीक्षक कार्कीलाई बोलाएर छलफल गरेका हुन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार