भारतको अयोध्या धाम र नेपालको जनकपुर धामबीचको रेलमार्गमा सरयू-कमला एक्सप्रेस रेल सेवा आज उद्घाटन हुँदैछ। यो रेल सेवा दुई देशबीचको रेल कनेक्टिभिटीमा नयाँ कोशेढुंगा भएको बताइएको छ।
अयोध्या धाम र जनकपुर धाम दुवै धार्मिक तथा सांस्कृतिक महत्वका केन्द्र हुन्। यस रेल सेवाले दुवै देशका तीर्थयात्री र पर्यटकलाई सहज यात्राको सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ।


