NM Khabar 14 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रास्वपाले १५ सदस्यको सदस्यता खारेज, बारा जिल्ला समिति विघटन

रास्वपाले पार्टी हितविपरीत लागेका १५ सदस्यको सदस्यता खारेज गर्‍यो। सचिवालय बैठकले बारा जिल्ला समिति विघटन तथा अधिवेशन तालिका स्वीकृत गरेको छ। विभिन्न विभागमा नयाँ जिम्मेवारीसमेत तोकिएका छन्।
Sanjay Karki
Sanjay Karki
11 May 2026, 6:32 am १ मिनेट पढाइ
आकार:
Share:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी हितविपरीत लागेका १५ सदस्यको सदस्यता खारेज गर्‍यो।

आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले यो निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए। प्रदेश समितिको सिफारिसमा सदस्यता खारेज गरिएको हो।

बैठकले बारा जिल्ला समिति विघटन गर्ने तथा जिल्ला अधिवेशनको तयारी गर्ने निर्णय गर्‍यो।

सचिवालय बैठकले वडा, पालिका र जिल्ला तहका भेला तथा अधिवेशनको विशेष तालिका स्वीकृत गर्‍यो। विभिन्न विभाग तथा तहमा नयाँ जिम्मेवारीसमेत तोकिएका छन्।

रास्वपाको केन्द्रीय समितिको बैठक वैशाख ३० गते बस्ने भएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

Nmkhabar का ब्रेकिङ न्युज डेस्क संवाददाता। तत्काल समाचार र ठूला घटनाको छिटो, सटिक र भरपर्दो रिपोर्टिङका लागि परिचित।

सम्बन्धित समाचार