मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

त्रिभुवन विमानस्थलमा टर्किस एयरलाइन्सको जहाजमा आगलागी, यात्रु सकुशल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको जहाजमा आगलागी भएको छ। इस्तानबुलबाट आएको टीके७२६ कल साइनको विमान अवतरणका क्रममा पाङ्ग्रामा आगो देखिएको थियो। दमकलको सहयोगमा आगो नियन्त्रणमा लिई यात्रुहरूलाई सकुशल उद्धार गरिएको छ।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
टर्किस एयरलाइन्स आगलागी
Share:
२३२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा टर्किस एयरलाइन्सको एक जहाजमा आगलागी भएको छ।

इस्तानबुलबाट आएको टीके७२६ कल साइनको विमानमा सोमबार बिहान पौने सात बजे पाङ्ग्रामा आगो देखियो। विमानस्थल स्रोतका अनुसार, प्राविधिक समस्याले आकस्मिक अवतरण गरिएको थियो।

आगलागीको खबर पाउनासाथ दमकलको प्रयोग गरी तत्काल आगो निभाइएको थियो। विमानमा सवार सबै यात्रु सकुशल रहेको विमानस्थल सुरक्षा स्रोतले जनाएको छ।

आगलागी नियन्त्रणमा आएपछि यात्रुहरूलाई इमर्जेन्सी ढोका खोलेर सुरक्षित रूपमा उद्धार गरिएको थियो। हाल आगलागीको कारणबारे र अन्य प्राविधिक अवस्थाबारे जाँच भइरहेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार