त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा टर्किस एयरलाइन्सको एक जहाजमा आगलागी भएको छ।
इस्तानबुलबाट आएको टीके७२६ कल साइनको विमानमा सोमबार बिहान पौने सात बजे पाङ्ग्रामा आगो देखियो। विमानस्थल स्रोतका अनुसार, प्राविधिक समस्याले आकस्मिक अवतरण गरिएको थियो।
आगलागीको खबर पाउनासाथ दमकलको प्रयोग गरी तत्काल आगो निभाइएको थियो। विमानमा सवार सबै यात्रु सकुशल रहेको विमानस्थल सुरक्षा स्रोतले जनाएको छ।
आगलागी नियन्त्रणमा आएपछि यात्रुहरूलाई इमर्जेन्सी ढोका खोलेर सुरक्षित रूपमा उद्धार गरिएको थियो। हाल आगलागीको कारणबारे र अन्य प्राविधिक अवस्थाबारे जाँच भइरहेको छ।
