सशस्त्र प्रहरीका डीआईजी अञ्जनी कुमार पोखरेललाई एआईजी पदमा बढुवा गर्न सिफारिस गरिएको छ।
गृहमन्त्रालयको बढुवा समितिले मंगलबार बसेको बैठकबाट पोखरेललाई रिक्त एआईजी पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।
सशस्त्र प्रहरी सेवाको साधारण समूह, साधारण उपसमूहतर्फको रिक्त एआईजी पदमा उनको बढुवा सिफारिस भएको समितिले जनाएको छ।
हाल पोखरेल सशस्त्र प्रहरीको बागमती प्रदेश प्रमुखको जिम्मेवारीमा छन्।
बढुवा सिफारिसमा चित्त नबुझ्ने सशस्त्र प्रहरी नायव महानिरीक्षकहरूले उजुरी दिन सक्नेछन्। उनीहरूले सात दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष निवेदन दिनुपर्नेछ।
