मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सशस्त्र प्रहरीका डीआईजी अञ्जनी पोखरेल एआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका डीआईजी अञ्जनी कुमार पोखरेललाई एआईजी पदमा बढुवा गर्न सिफारिस गरिएको छ। गृहमन्त्रालयको बढुवा समितिले मंगलबार यो निर्णय गरेको हो। बढुवा सिफारिसमा चित्त नबुझ्नेले सात दिनभित्र उजुरी दिन सक्नेछन्।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
२००

सशस्त्र प्रहरीका डीआईजी अञ्जनी कुमार पोखरेललाई एआईजी पदमा बढुवा गर्न सिफारिस गरिएको छ।

गृहमन्त्रालयको बढुवा समितिले मंगलबार बसेको बैठकबाट पोखरेललाई रिक्त एआईजी पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।

सशस्त्र प्रहरी सेवाको साधारण समूह, साधारण उपसमूहतर्फको रिक्त एआईजी पदमा उनको बढुवा सिफारिस भएको समितिले जनाएको छ।

हाल पोखरेल सशस्त्र प्रहरीको बागमती प्रदेश प्रमुखको जिम्मेवारीमा छन्।

बढुवा सिफारिसमा चित्त नबुझ्ने सशस्त्र प्रहरी नायव महानिरीक्षकहरूले उजुरी दिन सक्नेछन्। उनीहरूले सात दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष निवेदन दिनुपर्नेछ।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार