मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

बागमतीका मुख्यमन्त्री थापाले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ को २ बमोजिम शपथ गराएका हुन्।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
किरण थापा मुख्यमन्त्री
Share:
१४२

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ को २ बमोजिम शपथ गराएका हुन्।

देवकोटाले थापालाई आजै दिउँसो बागमतीको सातौं मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

थापा एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

पार्टीको निर्णयविपरीत गएर सरकारलाई समर्थन गरेको भन्दै राप्रपा केन्द्रले यसअघि संसदीय दलका नेता उद्धव थापालाई साधारण सदस्यबाट समेत कारबाही गरेको थियो।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

थप समाचार