बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ को २ बमोजिम शपथ गराएका हुन्।
देवकोटाले थापालाई आजै दिउँसो बागमतीको सातौं मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
थापा एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।
पार्टीको निर्णयविपरीत गएर सरकारलाई समर्थन गरेको भन्दै राप्रपा केन्द्रले यसअघि संसदीय दलका नेता उद्धव थापालाई साधारण सदस्यबाट समेत कारबाही गरेको थियो।
