बागमती प्रदेश सरकारले प्रदेशभित्र कार्यरत पत्रकारहरूलाई सामाजिक सुरक्षा कोष र बिमामा आवद्ध गर्ने भएको छ। यसका लागि आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटमा १ करोड रुपैयाँ विनियोजन गरिएको छ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरका अनुसार, १३ जिल्ला समेटिएको प्रदेशमा २,५०० भन्दा बढी पत्रकार क्रियाशील छन्। यी पत्रकारहरूलाई यस योजनाबाट लाभ पुग्ने अपेक्षा छ।
