मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान, मुख्यमन्त्री बानियाँद्वारा राजीनामा

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएपछि बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ मुख्यमन्त्रीका लागि भदौ ४ गते अपराह्न ४ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका छन्।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
बागमती प्रदेश सरकार
Share:
१५०

बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयका अनुसार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरिएको छ। इच्छुक प्रदेश सभा सदस्यले भदौ ४ गते बिहीबार अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेश गर्नुपर्नेछ।

मुख्यमन्त्री बानियाँले प्रदेश सभाबाट विश्वासको मत लिनुअघि नै राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो। नेकपा एमालेले ६ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो।

विज्ञापन

नयाँ सरकार गठनका लागि प्रदेश सभामा बहुमत जुटाउने दलहरूबीच कसरत सुरु भएको छ। बागमती प्रदेश सभामा सरकार गठनका लागि ५३ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्नेछ। नेकपा र नेकपा एमालेबीचको गठबन्धनले अन्य दलको समर्थनमा सरकार गठन गर्ने तयारी गरेका छन्। दुई दलको भागबण्डाअनुसार बागमतीमा एमालेबाट मुख्यमन्त्री हुनेछन्।

एमालेभित्र वर्तमान संसदीय दलका नेता जगन्नाथ थपलियाविरूद्द आफ्नै दलभित्र अविश्वासको प्रस्ताव दर्ता भएको छ। १६ जना सांसदको हस्ताक्षरमा भक्तपुरका किरण थापा मगरलाई दलको नेता बनाउन माग गर्दै २७ साउनमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो। मंगलबार दलको बैठक बोलाएर अविश्वास प्रस्तावको टुंगो लगाइने थापाले बताए।

बागमती प्रदेश सभा १०४ सदस्यीय रहेको छ। नेपाली कांग्रेसको ३६ सिट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को २६, नेकपा एमालेको २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार