NM Khabar 21 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बाजुराको कटीगाउँमा पहिरो: १४ घर उच्च जोखिममा, ११५ जनाको उद्धार

बाजुराको कटीगाउँमा पहिरोले दुई घर पूर्ण क्षति पुर्याएको छ। उच्च जोखिममा रहेका १४ घरका ११५ जनालाई सुरक्षित स्थानमा सारिएको छ। विस्थापित परिवारलाई राहत सामग्री हस्तान्तरण गर्न टोली परिचालन गरिएको छ।
Kamala Devi
Kamala Devi
21 August 2026, 8:32 am १ मिनेट पढाइ
आकार:
बाजुरा पहिरो
Share:

बाजुराको गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण क्षति पुर्याएपछि १४ घरका ११५ जनालाई सुरक्षित स्थानमा सारिएको छ। बिहीबार दिउँसो अविरल वर्षासँगै आएको पहिरोले ५७ वर्षीय पूर्णिमल बोहरा र ३८ वर्षीया बुदी बोहराको तीनतले घर पुरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेशबहादुर शाहीका अनुसार दुवै घरभित्रका सामानसमेत पुरिएका छन्। आसपासका क्षेत्रमा पहिरोको जोखिम कायम रहेकाले १४ घरका ११५ जनालाई अस्थायी टहरामा स्थानान्तरण गरिएको छ। पुरिएका सामग्री निकाल्ने प्रयास जारी छ।

गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले विस्थापित परिवारलाई राहत सामग्री हस्तान्तरण गर्न पालिकाबाट टोली परिचालन भएको जानकारी दिए। उनले स्थानीय सामाजिक सङ्घसंस्थाहरूलाई सहयोगमा जुट्न आह्वान गरेका छन्।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार