खोटाङ । अन्नबाली सखाप पारेर उठिवास लगाएको भन्दै जन्तेढुङ्गा गाउँपालिकाका किसानले गाउँपालिकाको कार्यालय घेराउ गरेका छन्। शुक्रबार चिसापानी बजारमा रहेको गाउँपालिकाको कार्यालयमा पुगेर किसानले प्लेकार्ड बोकी नाराबाजी गर्दै घेराउ गरेका हुन्।
किसानले आफूहरूका माग पूरा नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। गाउँपालिकाले बाँदर नियन्त्रणका लागि प्रभावकारी कदम नचालेको उनीहरूको आरोप छ।
गाउँपालिकाले बाँदर नियन्त्रणका लागि स्वयम्सेवक परिचालन गर्ने योजना अघि सारेको छ। यसका लागि आवश्यक बजेट विनियोजन गरी तत्काल कार्यान्वयनमा ल्याइने गाउँपालिकाले जनाएको छ।
