NM Khabar 21 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

पेटभित्र सुन लुकाउने बंगलादेशी नागरिक विमानस्थलमा पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पेटभित्र करिब १५० ग्राम सुन लुकाई ओसारप्रसार गर्न खोज्ने एक बंगलादेशी नागरिक पक्राउ परेका छन्। फ्लाई दुबईमार्फत काठमाडौं आएका मोहम्मद रसेल हवल्दारलाई पाँच दिनको अस्पताल बसाइपछि शौच गर्ने क्रममा सुनका दुई क्याप्सुल बरामद गरिएको छ।
Sanjay Karki
Sanjay Karki
21 August 2026, 5:32 pm १ मिनेट पढाइ
आकार:
विमानस्थलमा सुन पक्राउ
Share:

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पेटभित्र लुकाएर ल्याइएको करिब १५० ग्राम सुनसहित एक बंगलादेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोहम्मद रसेल हवल्दार छन्। फ्लाई दुबईको एफजेड ११३३ उडानमार्फत ३१ साउनमा काठमाडौं आएका हवल्दारलाई प्रहरीले शंका लागेर नियन्त्रणमा लिएको थियो।

प्रारम्भिक सोधपुछमा हवल्दारले पेटभित्र सुन लुकाएर ल्याएको स्वीकार गरे। सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा जाँच गराउँदा सुन पुष्टि भयो। अस्पतालमा भर्ना गरी पाँच दिनको अवधिमा शौच गर्न लगाएर सुन निकालिएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसपी राजकुमार सिलवालले Nmkhabarलाई पुष्टि गरे।

उनलाई क्याप्सुल आकारका दुई थान सुनका डल्लासहित थप कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार