मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

नापी सर्भेक्षक घुससहित बर्दिबासमा पक्राउ

महोत्तरीको बर्दिबास नापी कार्यालयका सर्भेक्षक शिवकुमार साह एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जग्गा ट्रायलका लागि सेवाग्राहीसँग घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको हो।
Arjun Basnet
खोजमूलक पत्रकार
१ मिनेट पढाइ
आकार:
नापी सर्भेक्षक घुस
Share:
१२०

महोत्तरीको बर्दिबास नापी कार्यालयका सर्भेक्षक शिवकुमार साह एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले मंगलबार साहलाई रंगेहात पक्राउ गरेको हो।

जग्गा ट्रायलका लागि निवेदन दिएका सेवाग्राहीसँग साहले लामो समयदेखि घुसको मोलमोलाइ गरिरहेको सूचना अख्तियारलाई प्राप्त भएको थियो। सोही सूचनाका आधारमा अख्तियारको टोलीले निगरानी बढाएको थियो।

मंगलबार अपराह्न करिब ४ बजे नापी कार्यालय अगाडिको एक खाजा घरमा सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिँदै गर्दा साह पक्राउ परेको अख्तियारका सूचना अधिकारी प्रकाश पोखरेलले बताए।

साहलाई नियन्त्रणमा लिएर स्थलगत मुचुल्कालगायतका कानुनी प्रक्रिया अघि बढाइएको पोखरेलले जानकारी दिए।

Arjun Basnet

Arjun Basnet

खोजमूलक पत्रकार

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार