NM Khabar 15 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भेरी नदीमा जिप खस्यो: दुई बेपत्ता, खोजी जारी

सल्यानको भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन्। बेपत्ताको खोजीका लागि प्रहरी र गोताखोर टोली परिचालन गरिएको छ। बेपत्ता हुनेमा गाडी धनी र चालक छन्।
Sanjay Karki
Sanjay Karki
13 August 2026, 7:32 am १ मिनेट पढाइ
आकार:
भेरी नदी जिप दुर्घटना
Share:

सल्यानको भेरी नदीमा जिप खस्दा बेपत्ता भएका दुई जनाको खोजी आज बिहानदेखि पुनः सुरु गरिएको छ। बुधबार दिउँसो सडकबाट करिब ५० मिटर तल खसेको जिपमा चार जना सवार थिए। दुई जना पौडिएर ज्यान जोगाउन सफल भए। दुई जना अझै बेपत्ता छन्।

नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली र स्थानीयले दिनभर खोजी गरे। तीव्र बहाव, गहिराइ र अँध्यारोका कारण बुधबारको खोजी स्थगित भएको थियो। आज बिहान डुंगा र गोताखोर टोली परिचालन गरी खोजी पुनः सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

बेपत्ता हुनेमा गाडी मालिक सल्यान सिद्धकुमाख गाउँपालिका–४ का २३ वर्षीय भीमबहादुर राना छन्। अर्का बेपत्ता कुमाख गाउँपालिका–५ का करिब २३ वर्षीय जीप चालक हेमराज बीसी हुन्।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार