मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

भोटेकोशी बाढी: मधेसका ३० जना सम्पर्कमा, काभ्रेका ४१ अझै बेपत्ता

रसुवाको भोटेकोशी बाढीले मधेस प्रदेशका १९२ जना सम्पर्कविहीन भएकामा हालसम्म ३० जना परिवारको सम्पर्कमा आएका छन्। काभ्रेपलाञ्चोकका ४१ जना भने अझै सम्पर्कविहीन अवस्थामा छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका १५ शव पहिचान गरी आफन्तलाई बुझाइएको छ।
Kamala Devi
१ मिनेट पढाइ
आकार:
भोटेकोशी बाढी मधेस
Share:

रसुवाको भोटेकोशीमा आएको बाढीले मधेस प्रदेशका १९२ जना सम्पर्कविहीन भएकामा ३० जना परिवारको सम्पर्कमा आएका छन्। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले आज बिहानसम्म टेलिफोनमार्फत सम्पर्क आएको बताए। हालसम्म सप्तरीका ४९, पर्साका ४०, रौतहटका १९, बाराका २५, सर्लाहीका १९, महोत्तरीका १७, धनुषाका १३ र सिरहाका १० जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ।

यसैबीच, काभ्रेपलाञ्चोकका ४१ जना अझै सम्पर्कविहीन अवस्थामा छन्। जिल्ला प्रशासन कार्यालय धुलिखेलका अनुसार ४७ जना सम्पर्कविहीन भएकामा आठ जना परिवारको सम्पर्कमा आइसकेका छन्। कार्यालयले ४१ जनाको नामावली अद्यावधिक गरेको छ।

यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका १५ शव पहिचान गरी आफन्तलाई बुझाइएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार पहिचान भएका शवमध्ये १४ पुरुष र एक महिला छन्।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार