मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि २७७ कित्ता जग्गा पहिचान

भोटेकोशी नदीको बाढीबाट प्रभावित परिवारको पुनःस्थापनाका लागि २७७ कित्ता जग्गा पहिचान गरिएको छ। यसमा कुल ३,२७९ रोपनी जग्गा समावेश छ। पहिचान गरिएका जग्गामध्ये रसुवामा १७७, नुवाकोटमा ९४ र धादिङमा ६ कित्ता रहेका छन्।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
भोटेकोशी बाढीपीडित
Share:
१२४

भोटेकोशी नदीको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारको पुनःस्थापनाका लागि २७७ कित्ता जग्गा पहिचान गरिएको छ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गठित समितिले सम्भावित पुनःस्थापना क्षेत्र सिफारिससहितको प्रतिवेदन मन्त्रालयमा बुझाएको हो।

पुनःस्थापनाका लागि कुल ३ हजार २७९ रोपनी जग्गा पहिचान गरिएको छ।

पहिचान गरिएका जग्गामध्ये रसुवामा १७७ कित्ता, नुवाकोटमा ९४ कित्ता र धादिङमा ६ कित्ता रहेका छन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार