NM Khabar 19 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

नेपाल, भारत र चीन जोड्ने सबैभन्दा छोटो मार्ग: विराटनगर–किमाथांका सडकको ट्र्याक खुल्यो

विराटनगरको रानीदेखि सङ्खुवासभाको किमाथांकासम्मको व्यापारिक मार्ग सडक सञ्जालमा जोडिएको छ। यससँगै नेपाल, भारत र चीनबीचको सबैभन्दा छोटो पहुँच मार्ग खुलेको छ। नेपाली सेनाले १०.८१ किलोमिटर जटिल भिर खण्डको ट्र्याक खोलेको हो।
Laxmi Bhattarai
Laxmi Bhattarai
19 May 2026, 11:03 am १ मिनेट पढाइ
आकार:
Share:

विराटनगरको रानीदेखि सङ्खुवासभाको किमाथांकासम्मको व्यापारिक मार्ग सडक सञ्जालमा जोडिएसँगै नेपाल, भारत र चीनबीचको सबैभन्दा छोटो पहुँच मार्ग खुलेको छ।

राष्ट्रिय गौरवको उत्तर–दक्षिण कोशी सडक आयोजनाअन्तर्गत यो ट्र्याक खोल्ने कार्य सम्पन्न भएको हो।

आयोजनाअनुसार, सङ्खुवासभाको अति दुर्गम च्याम्ताङदेखि घोङ्गम्पासम्म १०.८१ किलोमिटर खण्ड छ। यो जटिल भिर खण्डको ट्र्याक खोल्ने जिम्मा नेपाली सेनाले पायो।

सेनाले गत वैशाख २८ गते आफ्नो जिम्मेवारी पूरा गरेको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार