NM Khabar 17 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

विराटनगर छापाकाण्ड: प्रहरी प्रवक्ताद्वारा सूचना भेरिफाइमा कमजोरी स्वीकार

विराटनगरमा व्यवसायी गोपाल मुदण्डाको घरमा भएको प्रहरी छापाबारे प्रहरी प्रधान कार्यालयले सूचना भेरिफाइमा कमजोरी भएको स्वीकार गरेको छ। प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले सूचना विश्लेषण र भेरिफाइ प्रक्रियामा कमी रहेको बताए। यस विषयमा जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवाललाई स्पष्टीकरण सोधिएको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
7 August 2026, 4:04 pm १ मिनेट पढाइ
आकार:
विराटनगर छापा प्रहरी
Share:

विराटनगरस्थित व्यवसायी गोपाल मुदण्डाको घरमा भएको प्रहरी छापाबारे प्रहरी प्रधान कार्यालयले सूचना भेरिफाइमा कमजोरी भएको स्वीकार गरेको छ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले सूचना विश्लेषण र भेरिफाइ प्रक्रियामा कमी रहेको बताए।

‘सूचना आएपछि त्यसको विश्लेषण र भेरिफाइमा जति काम हुनुपर्ने हो त्यो भएको देखिँदैन,’ प्रवक्ता काफ्लेले भने।

यस घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवाललाई स्पष्टीकरण सोधिएको छ।

व्यवसायी मुदण्डाको घरमा छापा हान्नुको कारणसहित लिखित जवाफ पेस गर्न उनलाई निर्देशन दिइएको थियो।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार