मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

वीरगञ्जका मेयर सिंहसहित ७ जनाविरुद्ध नागरिकता किर्तेमा भ्रष्टाचार मुद्दा

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित सात जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरूमाथि झुटा कागजातका आधारमा नागरिकता दिलाएको आरोप छ। मेयर सिंह गत साता पक्राउ परी धरौटीमा छुटेका थिए।
Arjun Basnet
खोजमूलक पत्रकार
१ मिनेट पढाइ
आकार:
वीरगञ्ज मेयर भ्रष्टाचार
Share:
१९२

छोरीलाई झुटा कागजातका आधारमा नागरिकता दिलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले मेयर सिंह, सिन्धुपाल्चोककी रिता भट्टराई, वीरगञ्ज–३ का तत्कालीन वडा सचिव भिखारी राय र वडा सदस्य तुफैल अख्तर ठकुराई विरुद्ध मुद्दा चलाएको हो।

जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेल, छानबिन समितिका संयोजक एवं तत्कालीन उपसचिव पुस्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेल विरुद्ध पनि मुद्दा दायर गरिएको छ।

मेयर सिंह गत साता पक्राउ परी धरौटीमा छुटेका थिए। भ्रष्टाचारको आरोप खेप्ने उनी महानगरपालिकाका पहिलो मेयर हुन्।

Arjun Basnet

Arjun Basnet

खोजमूलक पत्रकार

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार