जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद यादवले प्रदेश कार्यसमितिका उपसभापति चन्द्रेश्वर कुमार यादवलाई कार्यवाहक सभापतिको जिम्मेवारी प्रदान गरेका छन् ।
मुख्यमन्त्रीका रूपमा व्यस्त हुनुपर्ने भएकाले पार्टीको कामलाई प्रभावकारी रूपमा अगाडि बढाउन उपसभापति यादवलाई यो जिम्मेवारी दिइएको कांग्रेस मधेसका प्रचार प्रसार समितिका संयोजक नितिशकुमार गुप्ताले जानकारी दिए ।
सभापति यादवले कांग्रेस विधान, २०७६ (११औँ संशोधनसहित) को धारा १३ को उपधारा १०(ड) बमोजिम यो जिम्मेवारी दिएका हुन् । यसबाट प्रदेश कार्यसमितिको काम–कारबाहीलाई निरन्तरता दिन र पार्टी सङ्गठनका नियमित गतिविधि प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुग्नेछ ।
कार्यवाहकको जिम्मेवारीसँगै यादवले सभापतिको अनुपस्थितिमा पार्टीको नेतृत्व गर्दै सङ्गठनात्मक गतिविधिलाई निरन्तरता दिनेछन् ।
