मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रीताकुमारी शाही ५ लाखको चेक बाउन्स प्रकरणमा पक्राउ

दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रीताकुमारी शाहीलाई ५ लाखको चेक बाउन्स प्रकरणमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दैलेखले शुक्रबार उनलाई नियन्त्रणमा लियो। उनीविरुद्ध बैंकिङ कसुरको मुद्दा दायर भएको थियो।
Arjun Basnet
१ मिनेट पढाइ
आकार:
Share:
२२०

दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रीताकुमारी शाहीलाई ५ लाखको चेक बाउन्स प्रकरणमा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखले शुक्रबार उनलाई नियन्त्रणमा लियो। ५ लाखको चेक बाउन्स भएपछि स्थानीय एक व्यक्तिले उनीविरुद्ध मुद्दा दायर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सन्तोष रोकायाका अनुसार अध्यक्ष शाहीलाई अहिले हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

थप अनुसन्धानका लागि अदालतबाट म्याद थप भइसकेको प्रहरीले जनाएको छ। अध्यक्ष शाही नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार