मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

धनुषामा ओभरटेक गर्दा बस दुर्घटना, चालकसहित १७ घाइते

धनुषाको मिथिला नगरपालिकामा यात्रुवाहक बस दुर्घटना भएको छ। ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई बस पल्टिँदा चालकसहित १७ जना घाइते भएका छन्। घाइतेहरूको लालगढस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
२२८

धनुषाको मिथिला नगरपालिकामा आइतबार बिहान बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भए।

काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस मिथिला नगरपालिका–९, फुटबल ग्राउण्ड नजिकै पल्टियो।

प्रहरीका अनुसार, बसले अर्को बसलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई सडकमै पल्टियो।

धनुषा प्रहरीका अनुसार, बसमा सवार कुल ३३ यात्रुमध्ये चालकसहित १७ जना घाइते भए।

घाइतेहरूको धनुषाकै लालगढस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार