मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्कियो, ८ जना घाइते

धनुषाको मिथिला नगरपालिका–९ बडहरीमा शनिबार बिहान उपमेयर विद्या भुजेल सवार गाडी र बिरामी बोकेको एम्बुलेन्स ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनामा उपमेयर भुजेलसहित ८ जना घाइते भएका छन्। घाइते सबैको जानकी मेडिकल कलेजमा उपचार भइरहेको छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
धनुषा दुर्घटना
Share:
१९२

धनुषाको मिथिला नगरपालिका–९ बडहरीमा शनिबार बिहान ६:२० बजे उपमेयर विद्या भुजेल सवार प्रदेश २–०२–००१ झ ००८२ नम्बरको गाडी र बिरामी बोकेको ना २ च २३२ नम्बरको एम्बुलेन्स ठोक्किएका छन्। दुर्घटनामा उपमेयर भुजेलसहित ८ जना घाइते भएका छन्।

पूर्व–पश्चिम लोकमार्गमा भएको दुर्घटनामा एम्बुलेन्स चालक धनुषाको मिथिला नगरपालिका–१ का ४९ वर्षीय दिपेन्द्रकुमार महतोसहित एम्बुलेन्समा सवार ५ जना र उपमेयरको गाडीमा सवार ३ जना घाइते भएका हुन्।

घाइते सबैको जानकी मेडिकल कलेज, रमदैया, धनुषामा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनाबारे अनुसन्धान थालेको छ।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार