मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

धनुषाधाममा वडा सदस्यको घरबाट ४०० बोरा मल बरामद, सदस्य फरार

धनुषाधाम नगरपालिका–५ का वडा सदस्य सुरेश साहको घरबाट करिब ४०० बोरा डीएपी मल बरामद भएको छ। मल लुकाई महँगोमा बिक्री गरेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो। वडा सदस्य साह फरार रहेका छन् र प्रहरीले उनको खोजी गरिरहेको छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
मल बरामद धनुषा
Share:
१५८

धनुषाधाम नगरपालिका–५ (९०० बिघा) का वडा सदस्य सुरेश साहको घरबाट प्रहरीले करिब ४०० बोरा डीएपी मल बरामद गरेको छ। साहले घरमा मल लुकाइ राखेर रातिको समयमा महँगो मूल्यमा बिक्री गरिरहेको गोप्य सूचना पाएपछि प्रहरी चौकी ९०० बिघाको टोलीले छापा मारेको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार बरामद भएको मलको स्रोत नखुलेपछि नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएको मल ट्र्याक्टरमा लोड गरेर इलाका प्रहरी कार्यालय धनुषाधाम ल्याउने काम भइरहेको छ।

बरामद भएको मलको यकिन सङ्ख्या र त्यसको स्रोतबारे थप अनुसन्धान भइरहेको न्यौपानेले बताए। वडा सदस्य साह घटनापछि फरार रहेका छन्। प्रहरीले उनको खोजी कार्य तीव्र पारेको छ।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार