NM Khabar 21 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

गाईघाट डिभिजन वन कार्यालयका अधिकृत घुससहित पक्राउ

उदयपुरको डिभिजन वन कार्यालय गाईघाटमा कार्यरत वन अधिकृत भुवन पौडेल घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १६ हजार २५० रुपैयाँ नगदसहित उनलाई नियन्त्रणमा लिएको छ।
Arjun Basnet
Arjun Basnet
21 August 2026, 4:02 pm १ मिनेट पढाइ
आकार:
वन अधिकृत घुससहित पक्राउ
Share:

डिभिजन वन कार्यालय गाईघाट, उदयपुरका सातौं तहका अधिकृत भुवन पौडेल १६ हजार २५० रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पौडेललाई बिहीबार दिउँसो रंगेहात नियन्त्रणमा लिएको हो।

विशेष सूचनाका आधारमा अख्तियारको टोलीले पौडेललाई एक सामुदायिक वन उपभोक्ता समूहबाट लिएको रकमसहित पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले पौडेललाई नगदसहित पक्राउ गरिएको पुष्टि गरे। ‘अख्तियारको टोलीले दिएको जानकारीअनुसार उहाँ नगदसहित पक्राउ पर्नुभएको हो,’ प्रजिअ मंग्रातीले भने।

प्रजिअ मंग्रातीका अनुसार अब अन्य कर्मचारीमाथि पनि अनुसन्धान हुनेछ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार