NM Khabar 17 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रसुवागढी भन्सारका प्रमुखसहित ९ कर्मचारी ईभी प्रकरणमा जिम्मेवारीबाट हटाइयो

रसुवागढी भन्सारका प्रमुख अधिकृतसहित ९ कर्मचारी ईभी गाडीको शंकास्पद जाँचपास प्रकरणमा अर्थ मन्त्रालयद्वारा जिम्मेवारीबाट मुक्त भएका छन्। बजेटअघि कर दर हेरफेरको सूचना चुहाएर सयौँ ईभी गाडीको जाँचपास गराएको उजुरीमाथि छानबिन भइरहेको छ।
Arjun Basnet
Arjun Basnet
7 June 2026, 9:02 am १ मिनेट पढाइ
आकार:
ईभी गाडी भन्सार जाँचपास
Share:

रसुवागढी भन्सारका प्रमुख अधिकृतसहित ९ कर्मचारी ईभी गाडीको शंकास्पद जाँचपास प्रकरणमा अर्थ मन्त्रालयद्वारा जिम्मेवारीबाट मुक्त भएका छन्। अर्थ मन्त्रालयले उनीहरूलाई विभागमा तानेको छ। बजेटअघि नै करका दर हेरफेर हुने सूचना चुहिँदा नाकामा नआउँदै सयौँ ईभी गाडीको भन्सार जाँचपास गराएको उजुरीमाथि यो कारबाही भएको हो।

भन्सार विभागले यस विषयमा अनुसन्धान अघि बढाएको छ। अनुसन्धानका लागि छानविन समिति समेत गठन गरिएको छ। समितिको सिफारिसका आधारमा जेठ २० गते नै कर्मचारीहरूलाई जिम्मेवारीमुक्त गरिएको अर्थमन्त्रीका स्वकीय उपसचिव नवीन ढुंगानाले जानकारी दिए।

केही दिनअघि सशस्त्र प्रहरीले भन्सार छलीको आशंकामा बिवाईडी ईभी गाडीसहित ७ सय ७४ गाडी नियन्त्रणमा लिएको थियो। भन्सार विभागले उक्त विषयमा अनुसन्धान भइरहेको जनाएको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार