NM Khabar 30 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

शिक्षा र स्वास्थ्यमा ३% समता शुल्क खारेज: राजपत्रमा सूचना प्रकाशित

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत समता शुल्क खारेज गरेको छ। अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी शुल्क खारेज भएको औपचारिक जानकारी दिएको छ। असुल गरिएको शुल्क १५ दिनभित्र सेवाग्राहीलाई फिर्ता गरिनेछ।
Sunita Rai
Sunita Rai
30 July 2026, 6:33 pm १ मिनेट पढाइ
आकार:
समता शुल्क खारेज
Share:

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत समता शुल्क पूर्ण रूपमा खारेज गरेको छ। अर्थ मन्त्रालयले बिहीबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै उक्त शुल्क खारेज भएको औपचारिक जानकारी दिएको हो।

यसअघि प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत शिक्षा र स्वास्थ्य समता शुल्क हटाउने घोषणा गरेका थिए। राजपत्रमा सूचना प्रकाशित भएसँगै उक्त निर्णय कार्यान्वयनमा आएको छ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार हालसम्म असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क सम्बन्धित सेवाग्राहीलाई १५ दिनभित्र फिर्ता गर्नुपर्नेछ। तोकिएको अवधिभित्र रकम फिर्ता नभएमा उक्त रकम संघीय सञ्चित कोषमा दाखिला गरिने अर्थ मन्त्रालयले जनाएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालू आर्थिक वर्षको बजेटमार्फत निजी शिक्षा र स्वास्थ्य सेवामा ३/३ प्रतिशत समता शुल्क लगाउने व्यवस्था गरेका थिए। विद्यार्थी, अभिभावक र निजी क्षेत्रको व्यापक विरोधपछि सरकारले निर्णय सच्याएको हो।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार