मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

विद्युत् बिलमा भ्याट: उपभोक्ताको गुनासोपछि मन्त्रालयले राजस्वसँग माग्यो राय

साउन १ गतेदेखि लागू हुने भनिएको विद्युत्को भ्याट असारको बिलमा समेत जोडेर उपभोक्तालाई पठाइएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले यस विषयमा प्राधिकरणलाई कानुनी पक्ष स्पष्ट गरी समाधान खोज्न निर्देशन दिएका छन्। प्राधिकरणले आन्तरिक राजस्व विभागसँग भ्याट लागू हुने वा नहुनेबारे राय मागेको छ।
Sarita Pandey
नीति संवाददाता
१ मिनेट पढाइ
आकार:
विद्युत् बिल भ्याट
Share:
१७१

साउन १ गतेदेखि लागू हुने भनिएको विद्युत् शक्तिमा मूल्य अभिवृद्धि कर (भ्याट) असार महिनाको खपतमा समेत जोडेर बिल पठाएको विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चासो देखाएका छन्। उपभोक्ताबाट व्यापक गुनासो आएपछि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणलाई यसको कानुनी र व्यवहारिक पक्ष स्पष्ट गरी उपभोक्तालाई अन्याय नहुने गरी समाधान खोज्न निर्देशन दिएका हुन्।

मन्त्री श्रेष्ठले कर कार्यान्वयनका क्रममा उपभोक्तामाथि थप आर्थिक भार पार्न नहुनेमा जोड दिँदै देखिएका अन्योल तत्काल समाधान गर्न निर्देशन दिए। यस निर्देशनपछि नेपाल विद्युत् प्राधिकरणले असार महिनामा खपत भएको विद्युतको बिल साउन महिनामा जारी गर्दा भ्याट लाग्ने वा नलाग्ने भन्ने विषयमा स्पष्ट कानुनी व्याख्या खोज्दै आन्तरिक राजस्व विभागसँग औपचारिक राय मागेको छ।

यसैगरी, न्यूनतम डिमान्ड चार्जमा पनि भ्याट लागू हुने वा नहुने विषयमा समेत विभागको धारणा मागिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार आन्तरिक राजस्व विभागबाट प्राप्त हुने आधिकारिक रायका आधारमा आगामी महिनाको बिलमा आवश्यक मूल्य समायोजन गरिनेछ। यसबाट उपभोक्ताबाट उठेका गुनासोको समाधान हुने अपेक्षा गरिएको छ।

Sarita Pandey

Sarita Pandey

नीति संवाददाता

सरिता पाण्डे NM खबरकी नीति र शासन संवाददाता हुन्। कानून, संवैधानिक सुधार र सार्वजनिक नीतिका जटिल विषयहरूलाई सरल भाषामा पाठकसमक्ष पुर्‍याउने उनको क्षमता विशेष छ। काठमाडौं स्कूल अफ लबाट कानून पढेकी उनी नियामक मामिला र न्यायपालिकासम्बन्धी रिपोर्टिङमा दक्ष छिन्।

सम्बन्धित समाचार