मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

विद्युत नियमन आयोगकाे अध्यक्ष र सदस्यमा ३२ जनाकाे आवेदन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत नियमन आयोगको रिक्त अध्यक्ष र सदस्य पदका लागि आवेदन दिएका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ। अध्यक्ष पदमा १० जनाले आवेदन दिएका छन् भने सदस्य पदमा २२ जनाले आवेदन दिएका छन्।
Laxmi Bhattarai
१ मिनेट पढाइ
आकार:
विद्युत नियमन आयोग
Share:

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत नियमन आयोगको रिक्त अध्यक्ष र सदस्य पदका लागि आवेदन दिएका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आवेदन परेका व्यक्तिहरूको विवरण सार्वजनिक गरेको हो।

विद्युत नियमन आयोगको अध्यक्ष तथा सदस्य नियुक्ति सिफारिस समितिको २०८३ जेठ ६ को निर्णयअनुसार प्रकाशित सार्वजनिक सूचना बमोजिम आवेदन आह्वान गरिएको थियो। सोही सूचना अनुसार अध्यक्ष पदका लागि १० जना र सदस्य पदका लागि २२ जना गरी कुल ३२ जनाले आवेदन दिएका छन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार