पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई महाराजगन्जस्थित निवासबाट नियन्त्रणमा लिइएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा प्रहरीले जबरालाई नियन्त्रणमा लिएको Nmkhabarलाई स्रोतले पुष्टि गर्यो। उजुरीको विस्तृत विवरण भने खुलाइएको छैन।
तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्ध २०७८ फागुनमा संसदमा महाभियोग प्रस्ताव दर्ता भएको थियो। महाभियोग प्रस्ताव पारित नभए पनि उनी सर्वोच्च अदालत फर्किन पाएनन्। उनी निलम्बित अवस्थामै उमेर हदका कारण अवकाशमा गएका थिए।
न्यायालय नेतृत्वमा रहँदा मन्त्रिपरिषद्मा भागबन्डा खोजेको आरोप लागेपछि जबरा विवादमा तानिएका थिए। कानुन व्यवसायीहरूले उनीविरुद्ध लामो समय आन्दोलन चलाएका थिए।
