मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

सुनको मूल्य तोलामै ५ हजार ५ सयले घट्यो, चाँदी पनि सस्तियो

• बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ५,५०० रुपैयाँले घटेर २,८५,००० रुपैयाँमा कारोबार भएको छ। • चाँदीको मूल्य पनि प्रतितोला २१५ रुपैयाँले घटेर ४,८६५ रुपैयाँ कायम भएको छ। • बुधबार छापावाल सुनको मूल्य २,९०,५०० रुपैयाँ थियो।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
Share:
२०३

साताको कारोबारको पाँचौँ दिन बिहीबार छापावाल सुनको मूल्य प्रतितोला पाँच हजार पाँच सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार २ लाख ८५ हजार रुपैयाँमा झरेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला पाँच हजार पाँच सय रुपैयाँले घटेर २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

विज्ञापन

चाँदीको मूल्य प्रतितोला २१५ रुपैयाँले घटेर ४८६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५०८० रुपैयाँ थियो ।

महासंघका अनुसार प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४४ हजार ३ सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४१७१ रुपैयाँ कायम भएको छ ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार