NM Khabar 17 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

१२ वर्षपछि गोरखकाली रबर उद्योग सञ्चालनको अध्ययन सुरु

गोरखकाली रबर उद्योग १२ वर्षपछि सञ्चालनको अध्ययनमा आएको छ। सांसद कविन्द्र बुर्लाकोटी नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरी कानुनी र आर्थिक सम्भाव्यताको खोजी गर्नेछ। २०४१ सालमा स्थापित यो उद्योगले एक समय स्वदेशी बजारको ठूलो हिस्सा धान्नुका साथै निर्यात समेत गर्दथ्यो।
Sunita Rai
Sunita Rai
17 August 2026, 9:02 am १ मिनेट पढाइ
आकार:
गोरखाली रबर उद्योग
Share:

गोरखा । १२ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योगलाई पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढेको छ। यसका लागि विज्ञहरूको टोलीले उद्योगको अनुगमन तथा अध्ययन सुरु गरेको छ।

गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य कविन्द्र बुर्लाकोटीको नेतृत्वमा अर्थ, उद्योग र कानुन मन्त्रालयका प्रतिनिधि सम्मिलित टोलीले गोरखा नगरपालिका-१३ मभुवामा रहेको उद्योगको स्थलगत निरीक्षण गरेको हो। यस भ्रमणपछि उद्योग सञ्चालनका कानुनी र आर्थिक सम्भाव्यतामाथि छलफल गरिने सांसद बुर्लाकोटीले जानकारी दिए।

छिट्टै उद्योग सञ्चालनका लागि विस्तृत आर्थिक प्रस्तावनासमेत तयार गरिने उनले बताए। २०४१ जेठ ३० गते चीन सरकारको सहयोगमा स्थापना भएको र २०४२ सालमा तत्कालीन राजा वीरेन्द्र शाहले शिलान्यास गरेको यस उद्योगले २०५० सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो।

करिब ६७० रोपनी क्षेत्रफलमा फैलिएको उद्योगले एक समय स्वदेशी बजारको टायर तथा ट्युबको मागको ठूलो हिस्सा धान्ने गरेको थियो। वार्षिक करिब ८८ हजार टायर उत्पादन गर्ने क्षमता रहेको उद्योगले ट्रक, जीप, भ्यान र कारका लागि विभिन्न प्रकारका टायर उत्पादन गरी देशका प्रमुख सहरका डिपोमार्फत बिक्री वितरण गर्दथ्यो।

यसका उत्पादन भारत, बङ्गलादेश र श्रीलङ्कालगायत दक्षिण एसियाली मुलुकमा समेत निर्यात हुने गरेको थियो। २०७१ चैत २३ गतेदेखि पूर्णरुपमा बन्द भएको यस उद्योगका संरचना र मेसिनरी हाल प्रयोगविहीन अवस्थामा छन्। यसमा राज्यको ठूलो लगानी खेर गइरहेको छ।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार