काठमाडौं । नेपाली कांग्रेसका सांसद सन्तोष सुब्बाले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा कृषि क्षेत्रको बजेट अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले घटेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बजेटको आकार बढ्दै गए पनि कृषि क्षेत्रको बजेट कटौती हुनु सरकारको नीति र कार्यक्रमबीचको विरोधाभास भएको टिप्पणी गरे।
सांसद सुब्बाले बजेट कटौतीले किसानलाई निरुत्साहित गर्ने र कृषि विकासमा बाधा पुग्ने चिन्ता व्यक्त गरे। यसले देशको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्रको विकासमा अवरोध सिर्जना गर्ने उनको तर्क छ।
