मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सरकारी ऋण २९ खर्ब ७३ अर्ब, चालु वर्षमै थप ६ खर्ब ५८ अर्ब लिने लक्ष्य

• सरकारको कुल सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब पुगेको छ। • चालु आर्थिक वर्षमा थप ६ खर्ब ५८ अर्ब ऋण लिने लक्ष्य छ। • असोज ६ गतेसम्म भन्सार विभागले १ खर्ब २ अर्ब राजश्व संकलन गरेको छ।
Sunita Rai
अर्थ संवाददाता
१ मिनेट पढाइ
आकार:
सरकारी ऋण
Share:
९९

सरकारको सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब ५ करोड ९२ लाख रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार भदौ मसान्तसम्म यो आँकडा कायम भएको हो। गत आर्थिक वर्षको असार मसान्तमा २९ खर्ब ८१ अर्ब ७० करोड रहेकोमा भुक्तानी बढी भएपछि ऋण रकम केही घटेको छ।

कुल सार्वजनिक ऋणमध्ये १३ खर्ब ६१ अर्ब ८७ करोड आन्तरिक ऋण र १६ खर्ब ११ अर्ब १८ करोड बाह्य ऋण रहेको छ। यो कुल ग्राहस्थ उत्पादन (जिडिपी) को ४५.०५ प्रतिशत हो।

भदौ मसान्तसम्म सरकारले ६१ अर्ब ५ करोड ऋण लिएको छ भने ७० अर्ब १३ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को लागि सरकारले कुल ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ ऋण लिने लक्ष्य लिएको छ, जसमध्ये हालसम्म ६१ अर्ब ५ करोड उठाइसकिएको छ।

यसैबीच, भन्सार विभागले असोज ६ गतेसम्म १ खर्ब २ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ। विभागको वार्षिक लक्ष्य ६ खर्ब २८ अर्ब रहेकामा हालसम्म १ अर्ब २ अर्ब संकलन भएको हो। अब चालु आर्थिक वर्षमा असुल गर्न बाँकी राजश्व पाँच खर्ब २७ अर्ब छ।

Sunita Rai

Sunita Rai

अर्थ संवाददाता

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार