मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सरकारी सेवा छोड्ने कर्मचारी बढे: ३ महिनामै ४१८ ले राजीनामा

राष्ट्रिय किताबखाना (निजामती) को अभिलेख अनुसार साउन र भदौ महिनामा ४१८ निजामती कर्मचारीले राजीनामा दिएका छन्। राजीनामा दिनेमा सचिव र सहसचिव तहका कर्मचारीसमेत छन्। सरकारले निजामती सेवा ऐनमा ३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर हद लागू गर्ने तयारी गरेपछि राजीनामा बढेको अनुमान छ।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
सरकारी कर्मचारी राजीनामा
Share:
९३

राष्ट्रिय किताबखाना (निजामती) को अभिलेख अनुसार साउन र भदौ महिनामा ४१८ निजामती कर्मचारीले राजीनामा दिएका छन्। यी सबै राजीनामा स्वीकृत भइसकेको छ।

सचिव वा सो सरहका २ जना, सहसचिव वा सो सरहका १४ जना, उपसचिव वा सो सरहका २१ जनाले राजीनामा दिए। अधिकृत वा सो सरहका २७ जनाले पनि राजीनामा बुझाए।

तीन महिनामा राजीनामा दिने ४१८ जनामध्ये उपसचिव र अधिकृत तहका मात्र १ सय ४३ जना छन्।

सरकारले निजामती सेवा ऐनमार्फत ३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर हद लागू गरी अवकाश निर्धारण गर्ने तयारी गरिरहेका बेला कर्मचारीहरूले राजीनामा दिने क्रम बढेको अनुमान छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार